Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोहोरो अंकले बढ्यो नेप्से, पहिलो दिनमै घोराही सिमेन्टको नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको हो ।

यसदिन २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँमा खरिदबिक्री भयो।

आज दुई कम्पनीको मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको १० र अपर स्यांगी हाइड्रोपावरको ९.९८ प्रतिशतले मूल्य बढेको हो।

यसैगरी माउन्टेन इनर्जी नेपालको ९.७४ प्रतिशतले सेयर मूल्य बढ्यो।

आज घोराही सिमेन्ट इन्डस्ट्रीको सेयर मूल्य ९.९९ प्रतिशतले घट्यो। आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारमा आएको घोराही सिमेन्टको मूल्य पहिलो दिनमै ओरालो लागेको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ४ बाहेक अन्य सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। फाइनान्स,मनु एन्ड प्रो,माइक्रोफाइनान्स र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

यसदिन १०० कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो। पाँच कम्पनीको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077