Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चाइल्ड केयर सेन्टरमै बालिकालाई यौन दुर्व्यवहार, पक्राउ परे सञ्चालक

काठमाडौं । प्रहरीले बालयौन दुरुपयोग गरेको आरोपमा चाइल्ड केयर सेन्टरका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्लाको सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्तसिंह बुढा छन्।

बुढाले ललितपुरको बुङमतीमा ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्दै आएका थिए।

सोही चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई उनले यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बालयौन दुरुपयोग नगर्न भन्दा उल्टै कुटपिट समेत भएको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका बुढाविरुद्ध जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077