Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : एमाले

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : एमाले

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 555
    SHARES

    काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको ढिलाइले सरकारको संलग्नता पुष्टि हुँदै गएको बताएको छ ।

    सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने जोड दिएको हो ।



    सुन तस्करीबारे सीआइबीले गरेको छानबिन दवाव र प्रभावमा भइरहेकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुको विकल्प नभएको एमालेको दाबी छ ।



    एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन जति ढिलो गर्छ उति नै प्रमाणहरु नष्ट हुदै जाने अवस्था देखिएको दाबी समेत गरेको छ ।

    सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘उच्चस्तरीय न्यायिक छानबिन गठन हुनु अनिवार्य छ । जति ढिलो हुन्छ प्रमाणहरु नष्ट हुनसक्ने स्थिति बन्दै गएकाले जरैसम्म पुगेर यो विषयलाई निर्मुल गर्नुपर्छ । अन्यथा अन्तराष्ट्रिय जगतमा नेपालको छवि धुमिल हुनुका साथै राष्ट्रिय सुरक्षामा समेत गम्भीर प्रश्न उठ्नेछ ।’

    एमालेले आयोग बनाउन ढिला गर्दा सुन तस्करीमा सरकारको संलग्नता छ भन्ने प्रस्ट हुदै गएको बताएको छ ।

    छानबिनमा भइरहेको विलम्बले प्रमाण नष्ट हुँदै गएको र अनुसन्धानसमेत फितलो बनेको उपमहासचिव ज्ञवालीले बताए ।

    सरकारले छानबिनमा आलटाल गरिरहेको र प्रतिपक्षीको आवाज दबाउन खोजिरहेको एमालेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार