Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'संसद्‍ हाइज्याक' भएको रवि लामिछानेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले 'संसद्‍ हाइज्याक' भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै सांसद लामिछानेले सभामुख देवराज घिमिरेप्रति आक्रोश पोखेका हुन्।

सभापति लामिछानेले भने,'संसद हाइज्याक भयो । सदनलाई कब्जा गर्न खोजिएको हो भने अर्कै कुरा। नत्र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने, संसदीय मूल्य मान्यतामा अडिग भएर आएको हाम्रोजस्तो नयाँ राजनीतिक दलको लागि यो अत्यन्त दुःखद विषय हो ।'

एमालेले संसदमा नाराबाजी गरेपछि लामिछानेले आक्रोष व्यक्त गरे । सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनको भनाइ थियो । उनले सभामुखबाट आफूहरूले यस्तो अपेक्षा नगरेको बताए।

सोमबार संसद्‍ सुरु भएसँगै कांग्रेसका सांसद सुनील शर्मा र एमालेका सांसद मानवीर राईले बोलेपछि सभामुखले नियमित तालिका अनुसार सदन चलाउन खोज्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए । एमालेको विरोधसँगै सोमबारको बैठक पनि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077