Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१०० किलो भनेर प्रचार गरिएको सुन करिब ६१ किलो मात्र !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल भनिएको सुन ब्रेक सूबाट बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा ब्रेक सूबाट निकालेर तौल आएको गर्दा ६० केजी ७८९ ग्राम भएको हो । सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो थियो । सुन गालेर जोख्न बाँकी छ । भोलि साढे १० बजेदेखि जोख्न सुरू हुने महाशाखाका प्रमुख आचार्यले बताए ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077