Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृहमन्त्री भन्छन् - भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा छैनौं

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानूनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको दाबी गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९÷०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

उनले सरकार सुशासन कायम गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताए ।

गृहमन्त्री श्रेष्ठले मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व सर्तको रूपमा लिए भ्रष्टाचार, दण्डहीनता, ठगी अपराध विरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने हिसाबले काम गरिरहेको बताए । पुरानै गतिमा काम गरेर नपुग्ने निष्कर्ष सरकारको रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077