Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेले तोक्यो सबै प्रदेशको अधिवेशन, कुन प्रदेशमा कहिले ?

    एमालेले तोक्यो सबै प्रदेशको अधिवेशन, कुन प्रदेशमा कहिले ?

    अधिवेशनका लागि ४० वर्षमुनिका युवा प्रतिनिधि

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 996
    SHARES

    काठमाडौं । नेकपा एमालेले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ। ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ ।



    पार्टीले गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।



    उनका अनुसार पार्टीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन स्थानीय तहबाट हुने र अधिवेशनका लागि ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ।

    वडा र टोलमा ४० वर्ष मुनिका न्यूनतम एक तिहाइ युवाहरू अनिवार्य रूपमा सम्मिलित गर्नुपर्नेछ । पालिकामा न्यूनतम २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत गरेर युवाहरूको समावेशिता तलैबाट विस्तार गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार