Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, घाइते र मृतकको पहिचान खुल्यो

    मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, घाइते र मृतकको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 630
    SHARES

    फाइल तस्विर

    मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

    बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।



    गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।



    गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ ।

    सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार