Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको निर्देशन – प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनिका युवा राख्नू

    एमालेको निर्देशन – प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनिका युवा राख्नू

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 609
    SHARES

    काठमाडौं । नेकपा एमालेले मातहतका कमिटीमा ४० वर्षभन्दा मुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दिएको छ ।

    सोमबार बसेको पार्टी सचिवालयको बैठकले प्रदेश कमिटीमा १० प्रतिशत युवा र जिल्लामा न्यूनतम १५ प्रतिशत राख्न निर्देशन दिएको हो ।



    त्यस्तै, पालिका तहको कमिटीमा एक तिहाइ युवा हुनै पर्ने प्रावधानलाई कडाइका साथ लागु गर्न निर्देशन दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।



    यस्तै एमालेले भदौ मसान्तसम्म गरिसक्ने भनेको प्रदेश कमिटीको अधिवेशन असोजसम्म गरिसक्ने गरी मिति हेरफेर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार