Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेविसंघ केन्द्रीय समितिमा नरहेको एलिजा र मुकेशको घोषणा

काठमाडौं । नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्।

नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिबाट सदस्यद्वय एलिजा र मुकेशले राजीनामा दिएका हुन्।

सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए। तर उनीहरूले नेविसंघ केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका छन्।

उनीहरुले मातृ पार्टीको अत्यधिक एवं अनुचित हस्तक्षेपका कारण नेविसंघ भित्र लोकतन्त्रको अनुभूति गर्न कठिन भएको, नेविसंघको तदर्थ समिति गठन गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिएको र महिला सहभागिता एकदमै न्यून भएको उनीहरुको आरोप छ।

उनीहरूले काम गर्न कुनै औपचारिक पदमा बसिराख्नु नपर्नेसमेत उल्लेख गरेका छन्। नेविसंघ समावेशी नभएकोमा पनि विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077