Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३१ अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घट्दै २ हजार ४५.४४ अंकको विन्दुमा ओर्लिएको छ ।

अघिल्लो दिन १४ अंकले बढेको बजारमा आज दोब्बर अंकले नै घट्न पुगेको हो । म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ ।

यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् । मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ ।

जसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५।१८ प्रतिशतले बढेको छ ।

नेपाल बैंक डिभेन्चर, सिक्लेस हाइड्रोपावर, नविल ग्रोथ फण्डसहितका धितोपत्रको आज मूल्य बढेको छ । हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् ।

यसको मूल्य ७.६९ प्रतिशतले घटेर २०१७ रुपैयाँमा झरेको छ । थ्रीस्टार हाइड्रो, मोलुङ हाइड्रो, इन्फिनिटी लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । हिमालयन डिष्टिलरी, शिवम सिमेन्ट, सोल्टी होटेल, आईएमई लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077