Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ मा ननग्रेड भएका विद्यार्थीलाई ग्रेडबृद्धि परीक्षा असोज ६ र ७ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न कक्षा १२ को अन्तिम परीक्षामा देशभरिबाट ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकामा १ लाख ८२ हजार ननग्रेडेड ल्याएका हुन् ।

बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म ननग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

एक विषयमा मात्र ननग्रेड आउनेको संख्या ७९ हजार ५८४ छ। करिब ४९ हजार विद्यार्थी भने २ भन्दा बढी विषयमा ननग्रेड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077