Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बलात्कारका फरार आरोपित पक्राउ

रौतहट । रौतहटमा बलात्कारको आरोपमा फरार एकजना पक्राउ परेका छन् ।

चार महिनाअघि गाउँकै महिलालाई बलात्कार गरेको आरोप लागेका रंजीत साह तेलीलाई राजपुर नगरपालिका–५ स्थित राजपुर फरहदवा टोलबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई उनकै होटेलबाट सोमबार साँझ पक्राउ गरिएको छ । पक्राउ परेका तेलीलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि उनी फरार रहेका थिए । उनीमाथि रौतहट प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077