Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा ज्येष्ठ सदस्य राज्यमन्त्री नियुक्त, शपथ लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसबाट एक मन्त्री थप गरेका छन् ।

थापाले बुधबार दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै कांग्रेसका प्रदेशसभा सदस्य गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन् ।

उनको शपथग्रहण आजै राखिएको बताइएको छ । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

अब विश्वासको मत लिने र बजेट पारित गराउन प्रदेससभा बैठक संचालन गर्न उपसभामुख अनुपस्थित भए मण्डलले अध्यक्षता गर्नुपर्ने छैन । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग बहुमत पुग्ने ४७ सांसद छन् ।

विश्वासको मत लिँदा उपसभामुख अनुपस्थित भए मण्डलले सभा संचालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077