Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिवि सेवा आयोगको अध्यक्षमा घनश्याम भट्टराई

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त भएका छन्।

त्रिवि इतिहास विभाग प्रमुख रहेका भट्टराईलाई प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका सहकुलपति अशोककुमार राई नेतृत्वको सिफारिस समितिले सेवा आयोग अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरेकोमा भट्टराईलाई नियुक्त गरिएको हो।

गत साउन २३ गते बसेको अध्यक्ष सिफारिस समिति बैठकले साउन २६ भित्र सेवा आयोग अध्यक्ष पदमा इच्छुकहरूबाट आवेदन माग गरेको थियो। कम्तीमा सहप्राध्यापक पदमा रहेर काम गरेकाहरूले आवेदन दिन सक्ने व्यवस्था थियो।

उनलाई तीन वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो। उनी एक वर्षदेखि त्रिवि इतिहास केन्द्रीय विभाग प्रमुख थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077