Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

काठमाडौं । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्नाअघि भण्डारीले फेसबुकमार्फत् आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिएका हुन् ।

आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

सांसद भण्डारीले लेखेका छन्,'समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजीविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शय्यामा केही समयमा । भगवानसँग प्रार्थना ! सबैको आशीष छँदैछ । फेरि भेटौंला !'

गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए ।

४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि भण्डारीलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077