Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

    कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 903
    SHARES

    काठमाडौं । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् ।

    अस्पताल भर्नाअघि भण्डारीले फेसबुकमार्फत् आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिएका हुन् ।



    आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।



    सांसद भण्डारीले लेखेका छन्,’समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजीविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शय्यामा केही समयमा । भगवानसँग प्रार्थना ! सबैको आशीष छँदैछ । फेरि भेटौंला !’

    गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए ।

    ४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि भण्डारीलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार