Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।

बुधबार राजदूत छनले रास्वपा कार्यालय वनस्थली पुगेर सभापति लामिछानेलगायतका नेतालाई भेटेका हुन् ।

भेटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । त्यस्तै उत्तरी सीमा क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पहल गर्ने पनि राजदूत छनले प्रतिबद्धता गरेको रास्वपाको भनाइ छ ।

भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको बताएका थिए ।

भेटमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावललगायतका नेतासमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077