Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चिनियाँ मेजर जनरल ‘युई एन’ र प्रधान सेनापति शर्माबीच भेटवार्ता

    चिनियाँ मेजर जनरल ‘युई एन’ र प्रधान सेनापति शर्माबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 609
    SHARES

    काठमाडौं । चीनको सीमा रक्षा सैन्य प्रतिनिधिको टोली र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

    जङ्गी अड्डामा चिनियाँ जनमुक्ति सेनाको तिवेत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको टोली र प्रधान सेनापति शर्माबीच भेट भएको हो ।



    भेटघाटमा दुई पक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।



    ५ दिनसम्म नेपालमा रहने आन्दे नेतृत्वको टोलीले नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्राहलयलगायत विभिन्न युनिटहरुको स्थलगत भ्रमण गर्ने बताइएको छ ।

    चीनको सीमा रक्षा सैन्य प्रतिनिधिको टोलीबुधबार बिहान नेपाल आइपुगेको हो । कोभिडका कारण नेपाल र चिनियाँ जनमुक्ति सेनाबीच हुँदै आएको सैन्य अभ्याससमेत रोकिएको छ। उक्त सैनिक अभ्यास सुचारु गर्नेबारे समेत उनीहरूबीच छलफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार