Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा थप चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई रहेका छन् । उनीहरुलाई मंगलबार राति राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको सीआईबीले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर, मंगलबार गालेर जोख्दा ६० किलो मात्रै सुन भएको खुलेको थियो ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। सुरूमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको यो प्रकरणमा पछि सिआइबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077