Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

    कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 756
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ। करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो।

    अस्पतालका प्लाष्टिक सर्जन प्रा डा शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गरिएको जानकारी दिए। उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपाल आएका थिए।



    नेता डा भण्डारीको सर्जरीका लागि प्रा डा विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो। विशेषज्ञ टोलीमा डा प्रदीपराज भण्डारी, डा तिम स्प्रौल, प्रा डा शङ्करमान राई, डा किरण नकर्मी, डा विशाल कार्की, डा अनुप सुवेदी, डा प्रविण गिरी, डा प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्याण्ड थेरापिष्ट मोहनकृष्ण डङ्गोल रहेका थिए।



    सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस् आएको बताए। नेता भण्डारीलाई अहिले सघन उपचारकक्षमा राखिएको छ।

    गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो। भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार