Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अब एमालेको कार्यक्रममा आसनग्रहण नहुने, खादा–माला पनि बन्दका लागि ओलीले मागे सुझाव

    अब एमालेको कार्यक्रममा आसनग्रहण नहुने, खादा–माला पनि बन्दका लागि ओलीले मागे सुझाव

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 828
    SHARES

    काठमाडौं । नेकपा एमालेका औपचारिक कार्यक्रमहरुमा अब आसनग्रहण नहुने भएको छ । एमालेको सचिवालय बैठकले अबदेखिका औपचारिक कार्यक्रमहरुमा आसनग्रहण नगर्ने निर्णय हो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमहरुमा आसनग्रहण गरेर समय धेरै वर्वाद भयो भन्ने गुनासो आएकाले अबदेखिका कार्यक्रममा आसनग्रहण नहुने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।



    उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘फेसबुक ट्वटिरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय वर्वाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो। हो पनि। तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ।’



    यस्तै अबदेखि अनुहार नै छोपिनेगरी खादा–माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने उनको भनाई छ । यसका लागि अध्यक्ष ओलीले सुझावसमेत मागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार