Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वसाधारणको २४ करोड ठगी गर्ने दम्पती कारागार चलान

    सर्वसाधारणको २४ करोड ठगी गर्ने दम्पती कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    झापा । झापामा सर्वसाधारणको साढे २४ करोड रकम ठगी गरी पक्राउ परेका झापा गौरादहका विश्वकर्मा दम्पती पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    झापा जिल्ला अदालतले मङ्गलवार गौरादह– १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरू दुबैजनालाई कारागार चलान गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्मा दम्पतीलाई कडा सुरक्षाबिच कारागार पठाइएको थियो ।



    गौरादहका चार सय ६६ जनाको २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएका व्यवसायी विश्वकर्मालाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार