Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सार्वजनिक कार्यक्रममा अध्यक्षको फोटो मात्र राख्ने एमालेको निर्णय

    सार्वजनिक कार्यक्रममा अध्यक्षको फोटो मात्र राख्ने एमालेको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 891
    SHARES

    काठमाडौं । नेकपा एमालेले अतिथि र वक्तालाई दर्शक दीर्घामै राख्ने र सार्वजनिक कार्यक्रममा अध्यक्ष बाहेक अरूको फोटो प्रयोग नगर्ने भएको छ।

    साउन २९ गते बसेको बैठकले सो निर्णय गरेको उपमहासचिव विष्णु रिमालले सामाजिक संञ्जालमार्फत जानकारी दिएका हुन् ।



    उपमहासचिव रिमालले सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धी पार्टीका निर्णयहरूका बारेमा नेता कार्यकर्ताहरूलाई परिपत्र गरिएको बताए।



    सचिवालयको निर्णय भन्दै रिमालले फेसबुकमा लेखेका छन्,‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने।’

    उनका अनुसार मञ्चको प्रयोग वक्ताले मात्रै गर्ने, अतिथि र वक्ताहरूलाई दर्शक दीर्घामा नै आसनको व्यवस्था मिलाउने, सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय भएको छ ।

    यस्तै कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय भएको उनले बताए । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले यो विषय सामाजिक सञ्जालमा पनि लेखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार