Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सभापति चयन माग गर्दै एमालेद्वारा लेखा समिति बैठक बहिष्कार

    सभापति चयन माग गर्दै एमालेद्वारा लेखा समिति बैठक बहिष्कार

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 612
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ ।

    समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको हो ।



    एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो ।



    समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।

    एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए ।

    एमाले अनुपस्थित हुँदा समिति बैठक बस्ने सम्भावना न्यून छ । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार