Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सडक डिभिजन लहानका लेखा अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन लहान सिरहाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले लेखा अधिकृत पद्मविनोद पोखरेलविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरेलले यही असार २६ गते घुस रकमसहित नियन्त्रणमा लिइएको थियो ।

सडक निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिने क्रममा एक लाख रुपैयाँ घुस बुझेको पुष्टि भएपछि बिगो अनुसार जरिवाना सजाय समेत गर्न माग दाबी लिएर आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077