Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लगातार ३ दिन घटेको नेप्से आज ८ अंकले बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ ।

सोमबारदेखि लगातार ३ दिन घटेको नेप्से बिहिबार ८.०१ अंकले वृद्धि भएर २०३३.१३ को बिन्दुमा बन्द भएको हो।

बिहीबार म्यचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । म्युचुअल फण्ड उपसूचक ०.२३ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक २।५३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम घटेर डेढ अर्बमा झरेको छ । पछिल्लो केही दिन यता लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार १ अर्ब ६७ करोडमा झरेको थियो ।

बिहीबार कारोबार रकम अझै घटेर १ अर्ब ५४ करोड १४ लाख रुपैयाँमा सिमित भएको छ । ४३ हजार ५९१ वटा कारोबारमा ४० लाख ९ हजार २६३ कित्ता धितोपत्र बिनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १३ करोड ७१ लाखको किनबेच भएको छ । यस्तै आईएमई लाइफ इन्स्योरेन्सको सेयर ७ करोड ७९ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहिबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077