Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन हवाईका अग्निपीडितलाई भेट्न जाने

    अमेरिकी राष्ट्रपति बाइडेन हवाईका अग्निपीडितलाई भेट्न जाने

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 777
    SHARES

    वासिङ्टन । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन हवाईको भ्रमणमा जाने भएका छन् ।

    विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लागेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    आगामी साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने अपेक्षा गरिएको छ । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा १०६ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् ।



    सबै मृतकको सनाखत हुन सकेको छैन । पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन् ।करिब १३ हजार घरमा क्षति भएको छ ।

    दुई हजार २०० भन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार