Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सांसद अमरेशकुमार भन्छन् - कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो, संसदलाई बन्धक बनाए

काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको पनि बताए ।

अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने दाबी गरे ।

कांग्रेस अहिले कम्युनिष्टहरुको पुच्छर भएको उनले टिप्पणी गरे । साथै सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन पनि नगरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077