काठमाडौं । नेपाल क्रिकेट सङ्घका (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
नेपाल क्रिकेट सङ्घ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले यस्तो घोषणा गरेका हुन् ।
उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपुर्याएकोले एक पटक पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको सुनाए ।
आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत उनको भनाई छ ।