Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरण : थप दुईजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । यद्यपि, हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति हुन् ।

प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद राजस्व अनुसन्धान विभागले करिब सय किलो भनिएको तस्करीको सुन बरामद गरेको थियो ।

तर मंगलवार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो । प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077