Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पशुपति प्रसादको दोस्रो श्रृंखला ‘भष्मे डन’ को पोस्टर सार्वजनिक

    पशुपति प्रसादको दोस्रो श्रृंखला ‘भष्मे डन’ को पोस्टर सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 567
    SHARES

    काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’को पोस्टर सार्वजनिक भएको छ ।

    जारी पोस्टरमा फिल्मको प्रदर्शन मितिको रुपमा आगामी दशैं उल्लेख छ । पहिलो पोस्टरमा फिल्मका प्रमुख पात्र भष्मे डनको भूमिकामा अभिनय गरेका विपिन कार्कीलाई फिचर्ड गरिएको छ ।



    उक्त पोस्टरमा विपिन भष्मे डनको लुक्समा छन् । पहिलो भागमा विपिनलाई यो चरित्रमा निकै रुचाइएको थियो । दोस्रो पोस्टरमा विपिनलाई केन्द्रमा राख्दै अन्य पात्रलाई फिचर्ड गरिएको छ ।



    सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ लगायतलाई पनि पोस्टरमा चित्रण गरिएको छ । सबै कलाकारको आ–आफ्नो लुक्स पनि यसमा प्रस्तुत छ ।

    खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको ब्यानरमा दीपेन्द्र के खनालले फिल्म निर्देशन गरेका हुन् । शुक्रबार मात्रै विपिन अभिनित अर्को फिल्म ‘एक भगवत् गीता’को पनि पोस्टर सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार