Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को गीत सार्वजनिक

    चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को गीत सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘दुई चुल्ठी बाटन’ बोलको गीत जनै पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको हो ।

    गीतमा विपिन कार्की, आँचल शर्मा र निश्चल खड्का देखिएका छन् ।  आँचल र निश्चल फिल्मको यहि गीतमा मात्र देखिने हुन् भने विपिन फिल्मका मुख्य कलाकार हुन् ।



    गीतमा बी पाण्डेको शब्द, सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर छ । निरज कँडेलको छायांकन, प्रविन सिंहको कोरियोग्राफी गीतमा छ ।



    ‘पशुपति प्रसाद’ को सिक्वेलको रुपमा निर्माण भएको यो फिल्म पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को जीवनमा आधारित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार