Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘प्रसाद २’का निर्माता सुवास थापाले दिए विपिन कार्कीविरुद्ध उजुरी

    ‘प्रसाद २’का निर्माता सुवास थापाले दिए विपिन कार्कीविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । फिल्म निर्माता सुभाष थापाले अभिनेता विपिन कार्कीविरुद्ध उजुरी दर्ता गराएका छन् ।

    फिल्म ‘प्रसाद २’को कास्कीमा छायांकन बीचमा नै छाडेर विपिनले हिडेपछि निर्माताले फिल्मको छायांकन रोकेर, फिल्मको सिंगो टिम कास्कीबाट काठमाडौं फर्किएको थियो । त्यसपछि विपिन सम्पर्कमा नआएको भन्दै सुभाषले बिहीबार दुई संस्थामा उजुरी दिएका हुन् ।



    उनले विपिनलाई फिल्म खेल्नका लागि सहमति गराइदिन र फिल्म नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन आग्रह गर्दै लिखित निवेदन दिएका हुन् ।



    फिल्मको टिम र विपिनबीच कुराकानी र भेटघाट नै नभएपछि विपिन सम्पर्कमा नआएको भन्दै सुभाषले नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार