Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा पक्राउ परेका सात चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ । पक्राउ परेका सातजना चिनियाँसँग काभ्रे जिल्ला प्रशासनबाट जारी भएको नागरिकता भेटिएको हो ।

बेल्जियन नागरिक दावा छिरिङसँग पनि नेपाली नागरिकता भेटिएको सीआईबी स्रोतले जनाएको छ । ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

यो प्रकरणमा सीआईबीले सुन तस्करी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । सुन तस्करी प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् ।

साउन २९ गते मात्रै गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए। उनीहरुबाट ३१ लाख रुपैयाँ समेत बरामद भएको थियो। क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट काठमाडौं आएको ठूलो परिमाणमा सुन राजस्वको टोलीले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077