Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सांसद चन्द्र भण्डारी डिस्चार्ज

काठमाडौं । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी डिस्चार्ज भएका छन्।

उनको बुधबार शल्यक्रिया गरिएको थियो। जलन भएको दाहिने हात लगायतमा शल्यक्रिया गरी नयाँ छाला राखिएको छ।

यसका लागि क्यानडाबाट एक जना डाक्टर पनि आएका थिए। निवास बुद्धनगरमा गत फागुन ३ गते बेलुकी आगलागी हुँदा चन्द्र र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा हरिकलाको गत फागुन ४ गते कीर्तिपुरस्थित अस्पतालमा निधन भएको थियो।

सोही दिन थप उपचारका लागि सांसद भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न अस्पताल लगिएको थियो।

करिब तीन महिना उपचारपछि भण्डारी गत वैशाख १७ गते स्वेदश फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077