Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पार्टीको नाममा बनेका फेक एकाउन्ट बन्द गराउन पहल गर्ने एमालेको निर्णय

    पार्टीको नाममा बनेका फेक एकाउन्ट बन्द गराउन पहल गर्ने एमालेको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 624
    SHARES

    काठमाडौं । नेकपा एमालेले पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर बनाइएका फेक एकाउन्ट बन्द गराउने भएको छ ।

    सामाजिक सञ्जालको दुरुपयोगमार्फत समाजमा भ्रम सृजना गरिरहेको निष्कर्षसहित एमालेले फेक एकाउन्ट बन्द गराउन पहल गर्ने निर्णय गरेको हो ।



    साउन २९ र ३० गते बसेको एमाले सचिवालय बैठकले पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गराउने निर्णय गरेको अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तर पार्टी निर्देशनमा उल्लेख छ ।



    ‘सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ,’ एमालेको अपानिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार