Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरण : छानविन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध सुन भित्र्याएको घटनाको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा साउन ४ गते गठन गरिएको छानबिन समितिले महानिर्देशक शोभाकान्त पौडेललाई प्रतिवेदन बुझाएको हो ।

भन्सार विभागमा चोरी निकासी नहुन कडा व्यवस्था गर्नुपर्ने औंल्याउँदै निलम्बनमा परेका कर्मचारीलाई कारबाही गर्नका लागि नीतिगत व्यवस्था गर्न अनुरोध गरेको छ।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको एक क्विन्टल भनिएको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागले विमानस्थलको गेटबाट ट्याक्सीमा बाहिरिदै गर्दा जफत गरेको थियो।

यसलगत्तै भोलिपल्टै सुन तस्करी प्रकरणको छानबिन गर्न गठन सात सदस्य समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको थियो। तर एक क्विन्टल तस्करी सुन बरामत गरेको भनिएकोमा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले पगालेपछि भने सुनको परिमाण घटेर ६० किलो ७ सय १६ ग्राम पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077