Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विद्युत् उत्पादन र खपतमा छलाङ

काठमाडौं । आठ वर्षअघि २०७२ सालसम्म विद्युत् उत्पादनभन्दा माग धेरै हुँदा दैनिक आठ घण्टाभन्दा बढी लोडसेडिङ बेहोर्नुपथ्र्यो। नागरिकले अत्यावश्यक बिजुली खपत गर्नसमेत पाउँदैनथे।

२०७५ सालसम्म त नेपाल विद्युत् प्राधिकरणले पनि कम बिजुली कम खपत गर्न सार्वजनिक रूपमा सूचना जारी गथ्र्यो। अहिले परिस्थिति बदलिएको छ, पहिलाजस्तो लोडसेडिङको तालिका निकालेर बिजुली काट्ने अवस्था छैन। प्रसारण लाइन र वितरण लाइनमा आएको गडबडीका कारणबाहेक अहिले लोडसेडिङ हुँदैन।

आर्थिक वर्ष (आव) २०७९/०८० को अन्त्यसम्म राष्ट्रिय ग्रिडमा विभिन्न जलविद्युत् तथा सौर्य आयोजनाबाट २६ सय ८४ मेगावाट बिजुली जोडिएको छ। यसमा निजी क्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा पनि छ।

निजी क्षेत्रबाट १५ सय ४५ मेगावाट, प्राधिकरण मातहतका आयोजनाबाट ६ सय ६१ मेगावाट र प्राधिकरणका सहायक कम्पनीबाट ४ सय ७८ मेगावाट बिजुली उत्पादन भइरहेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077