काठमाडौं । जनता समाजवादी पार्टीले पार्टीको कार्यकारी समितिमा ७० वर्षे उमेर हद लागु नगर्ने भएको छ ।
पार्टीको गत असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हद लागु गर्ने गरी विधानको मस्यौदा प्रस्तुत गरिएको थियो ।
तर, अधिकांश प्रतिनिधिले उमेर हद लागु गर्नु नपर्ने बरु एउटै कार्यकालमा लगातार दुई कार्यकाल उठ्न नपाइने व्यवस्था राख्नु सुझाव दिएका थिए ।
विधान प्रमाणीकरण गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । समितिले विधानलाई अन्तिम रूप दिँदा उमेर हदको प्रावधान नराखिएको हो । विधानको धारा ८६ मा एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने व्यवस्था राखिएको छ।
विधानको पूर्णपाठ :