Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलाली ट्राफिक प्रहरीको लापसे चेकिङ : एकजना टिप्पर चालक नियन्त्रणमा

कैलाली । कैलालीको मोहना अत्तरिया ६ लेन सडक खण्डमा शुक्रबार गरिएको चेकिङमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको प्रहरी टोलीले डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ बस्ने ३३ वर्षीय भिम राज अवस्थीलाई नियन्त्रणमा लिएको हो ।

६ लेन सडक खण्डमा सवारी चालकहरुले लागु पदार्थ सेवन गरी सवारी साधन चलाई रहेको भन्ने सूचनाका आधारमा ट्राफिक प्रहरीले ३० वटा निजी तथा सार्वजनिक सवारी साधन चलाउने सवारी चालकलाई चेकजाँच गरेको थियो ।

सोही क्रममा प्र.०३ ०१-००३ क ४८१२ नम्बरको टिप्पर चालक अवस्थीमा पोजेटिभ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077