Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाल एयरलाइन्सद्धारा साउदी अरबका लागि टिकट बुकिङ खुला

    नेपाल एयरलाइन्सद्धारा साउदी अरबका लागि टिकट बुकिङ खुला

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 657
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट साउदी अरबको दमाममा नियमित सिधा उडानका लागि शनिबारबाट टिकट बुकिङ्ग खुला गरेको छ ।

    नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको हो ।



    निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन गर्ने छ। उडान तालिका अनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्नेछ ।



    बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको समेत निगमले जनाएको छ ।

    यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लग इन गरी अनलाइनबाट टिकट लिन सक्नेछन् ।

    368940828_153839497748850_7327556374469527371_n

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार