Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक सोमबार बस्दै,आगामी रणनीति तय गरिने

काठमाडौं । समाजवादी मोर्चाको बैठक सोमबार बस्ने भएको छ ।

बैठक सोमबार साँझ ६ बजे बस्न लागेको हो । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बस्ने छ।

बैठकमा मोर्चामा आबद्ध दलहरूका शोर्ष नेताहरूको उपस्थिति रहने छ। बैठकले आगामी रणनीति तय गर्ने छ ।

यसअघि पनि समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीकै पार्टी कार्यालयमा बसेको थियो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा मा‌ओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077