काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब पार्टीभित्र पनि भ्रष्टाचारविरोधी अभियान चलाउने बताएका छन् ।
शनिबार माओवादी गण्डकी प्रदेशको ७औं पूर्ण बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले सरकारमाजस्तै पार्टीभित्र पनि रुपान्तरणको खाँचो रहेको बताउँदै गलत गर्नेलाई कारवाही गरिने बताए ।
माओवादीकै शीर्ष नेताहरुको नाम सुन तस्करीदेखि भ्रष्टाचारका विभिन्न मुद्दामा जोडिएको बेला गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरोधी अभियानले पार्टी र राष्ट्र दुबैको हित हुने बताए ।