Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनकाण्डका दोषी सिआइबीले नै पत्ता लगाउँछ, एमालेले संसद् अवरुद्ध गर्नु लज्जास्पद : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डका दोषी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नै पत्ता लगाउनेमा सरकार विश्वस्त रहेको बताएका छन् ।

शनिबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले सिआइबी अनुसन्धानकै लागि भनेर स्थापना भएको निकाय भएको बताउँदै यसले आफ्नै ढंगले सुनकाण्डको छानबिन गरी दोषी पत्ता लगाउने दाबी गरे ।

सुनकाण्डको उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गर्नु आफैँमा लज्जास्पद र दुःखद भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077