Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा यूएईको ऐतिहासिक जित

काठमाडौं । न्युजिल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा यूएईले ऐतिहासिक जित निकालेको छ । यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो ।

दुबईमा भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले पराजित भयो । जितसँगै तीन खेलको शृङ्खला एकरएकको बराबरी भएको छ । पहिलो टी–२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो ।

हिजोको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो ।

जितका लागि एक सय ४३ रनको लक्ष्य पछ्याएको यूएईले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । दुई देशबीचको अन्तिम तथा निर्णायक टी–२० खेल आज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077