Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा यूएईको ऐतिहासिक जित

    न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा यूएईको ऐतिहासिक जित

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 471
    SHARES

    काठमाडौं । न्युजिल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा यूएईले ऐतिहासिक जित निकालेको छ । यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो ।

    दुबईमा भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले पराजित भयो । जितसँगै तीन खेलको शृङ्खला एकरएकको बराबरी भएको छ । पहिलो टी–२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो ।



    हिजोको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो ।



    जितका लागि एक सय ४३ रनको लक्ष्य पछ्याएको यूएईले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । दुई देशबीचको अन्तिम तथा निर्णायक टी–२० खेल आज हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार