Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झण्डै दुई करोड मूल्यको सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रसुवाबाट सुनजस्तो देखिने दुई किलो पहेँलो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको टिमुरेबाट स्याफ्रुवेशीतर्फ आउँदै गरेका पैदल यात्री भोटेकोसी गाउँपालिका ५ पोखरी बस्ने २४ वर्षे सुदीप शेर्पालाई पहेँलो धातुसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चेष्ट गार्डको भित्री खल्तीमा सुनको जस्तो देखिने बिस्कुट आकारको दुई किलो पहेँलो धातु फेला पारेर बरामद गरिएको छ ।

उक्त पहेँलो धातुको अनुमानित मूल्य एक करोड ८९ लाख ३० हजार रहेको रसुवा प्रहरीले जनाएको छ । उनीमाथि रसुवा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077