Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • झण्डै दुई करोड मूल्यको सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना पक्राउ

    झण्डै दुई करोड मूल्यको सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले रसुवाबाट सुनजस्तो देखिने दुई किलो पहेँलो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको टिमुरेबाट स्याफ्रुवेशीतर्फ आउँदै गरेका पैदल यात्री भोटेकोसी गाउँपालिका ५ पोखरी बस्ने २४ वर्षे सुदीप शेर्पालाई पहेँलो धातुसहित पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चेष्ट गार्डको भित्री खल्तीमा सुनको जस्तो देखिने बिस्कुट आकारको दुई किलो पहेँलो धातु फेला पारेर बरामद गरिएको छ ।



    उक्त पहेँलो धातुको अनुमानित मूल्य एक करोड ८९ लाख ३० हजार रहेको रसुवा प्रहरीले जनाएको छ । उनीमाथि रसुवा प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार