Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध परेका उजुरीमाथि सुनुवाइको तयारी गर्न बैठक बिहान साढे १० बजे बस्न लागेको हो ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिने छ ।

श्रेष्ठविरुद्ध तीन उजुरी परेका छन् । दुई जनाको इमेलबाट र एक जनाको खामबन्दी उजुरी परेको छ ।

संवैधानिक परिषदबाट सिफारिस भएका श्रेष्ठ अहिले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077